देशका अधिकांश स्थानमा निरन्तर झरी,पर्सिसम्म यस्तै रहने
बैशाख २२ गते, सोमबार।
आज देशको पश्चिमी तथा मध्य भू-भागमा पूर्ण बदली र पूर्वी भू-भागमा सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले बताएको थियो । यस्तै आज बिहानबाटै देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ।
यसै गरी आज राती देशका पश्चिमी र मध्य भू-भागका साथै पूर्वी पहाडी भू-भागमा सामान्य बदली रही वाँकी भू-भागमा आंशिक बदली रहनेछ। देशका पश्चिमी र मध्य भू-भागका थोरै स्थानहरुमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र असिना सहित वर्षाको सम्भावना रहेको छ ।
मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाकी मौसमविद गंगा नगरकोटीले भनिन्, ‘आज र भोलि अलि सक्रिय हुन्छ, भोलिको तुलनामा पर्सि अलि कम हुन्छ ।’ आज र भोलि घाम नलाग्ने र पर्सि अपराह्नबाट मौसममा तुलनात्मक रुपमा सुधार आउने उनको भनाइ छ । नेपालमा यस्तो झरीको अवस्था कहिलेसम्म जारी रहन्छ भन्ने यकिनका साथ भन्न मौसमविदले सकिरहेका छैनन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस