लकडाउनमा लुकेर सीमा पार गर्दैगर्दा ११ भारतीय मुस्लिम पक्राउ

जलेश्वर, २२ वैशाख / महोत्तरी जिल्लामा लकडाउनको अवस्थामा सीमा पार गर्दागर्दै आज बिहान ११ भारतीय मुस्लिम पक्राउ परेका छन् । जिल्लाको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँ हुँदै नेपालबाट भारत जान खोजेका ११ मुस्लिमलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा पक्राउ गरिएको वडाध्यक्ष बलिराम रायले बताउनुभयो । हातहातमा झोला बोकेका सबैजना लहरै नेपालबाट भारत जाँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीको सहयोग लिएर पक्राउ गर्न सफल भएको वडाध्यक्ष रायले बताउनुभयो । पक्राउ परेका उनीहरूले भारतको पश्चिम बङ्गाल राज्यको कोलकाता घर भएको बताएका छन् ।
उनीहरुले महोत्तरीको एकडारा गाउँपालिका–५ कोल्हुवा बगेया गाउँमा लामो समयदेखि जस्तापाताका भाँडाकुँडा र ड्रम बनाउने काम गर्दै आएको बताएका छन् । लकडाउनको अवधि लामो हुँदै गएपछि खानपिनमा समस्या भएको भन्दै उनीहरु लुकेर आज मिर्मिरे बिहानीमै आफ्नो घरतिर जाँदै गरेको अवस्थामा सीमानाका मै पक्राउ परेका हुन् । पक्राउ परेका उनीहरूलाई अहिले नेपाल प्रहरीले प्रहरीचौकी कट्टिकटैयामा लगेको छ । उनीहरुलाई नगरपालिकाका प्रमुख, सुरक्षा निकाय, प्रशासनसहितसँग समन्वय गरी क्वारेन्टाइनमा राख्ने वा कहाँ के गर्नेबारे तय गरिने वडाध्यक्ष रायले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस