• जीवनशैली | Jiwanshaili
  • क्वारेन्टाइनको बसाइँ पूरा गरेकालाई घर पठाइँदै


    धनगढी, २२ वैशाख  /कोरोना भाइरसको समस्या उत्पन्न भएसँगै प्रदेशका सबै जिल्लामा व्यवस्था गरिएका क्वारेन्टाइनमा बसेका शङ्कास्पद व्यक्तिलाई पछिल्ला दिनमा होम क्वारेन्टाइनमा बस्नुपर्ने गरी धमाधम घर पठाउन थालिएको छ । शङ्कास्पद व्यक्तिको नमूनाको जाँचको नतिजा नेगेटिभ आएसँगै १४ दिन क्वारेन्टाइनमा बसेकाहरुलाई घर फिर्ता पठाउने गरिएको हो ।

    सङ्कलित नमूनाको नजिता ढिलो आउँदा भने कतिपयले १४ दिनभन्दा बढी समय पनि क्वारेन्टाइनमा बस्नुपरेको जनाइएको छ । क्वारेन्टाइनको अवधि पूरा गरिसकेका व्यक्तिको हकमा उनीहरुको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएमा सात दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने सुनिश्चितता गरी घर पठाउने गरिएको हो । सङ्क्रमित क्षेत्रबाट आई प्रदेशका विभिन्न क्वारेन्टाइनको अवधि पूरा गरेका व्यक्तिको स्वाब परीक्षणको नतिजा नेगेटिभ आएमा वा आरडिटी (¥यापिड डाइग्नोसिस टेष्ट) परीक्षण नतिजा नेगेटिभ आएमा त्यस्ता व्यक्तिलाई थप सात दिन निजकै घरमा क्वारेन्टाइन बस्ने सुनिश्चितता गरी घर पठाउने गरिएको छ ।

    आरडिटी परीक्षणमा नतिजा पोजेटिभ आएका व्यक्तिलाई भने थप सात दिन क्वारेन्टाइनमा नै राखी सम्बन्धित व्यक्तिको नमूनाको थप जाँच गर्ने गरिएको छ । क्वारेन्टाइनमा बस्दै आएकाहरुलाई स्थानीय तहहरुले खानाको व्यवस्थापन गर्दै आएको छ । डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गाप्रसाद ओझाले क्वारेन्टाइनमा बसेकाहरुलाई गाउँपालिका आफँैले खानाको व्यवस्थापन गरेको बताउनुभयो । गाउँपालिका राष्ट्रिय महासङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्षसमेत रहनुभएका ओझाले भन्नुभयो, “सात दिन होम क्वारेन्टाइनमा बस्नका लागि स्वघोषणापत्रमा हस्ताक्षर गराई क्वारेन्टाइनमा बसेकामध्ये ४० जनालाई आइतबार घर फिर्ता गरिएको छ, उहाँहरु होम क्वारेन्टाइनमा बसे नबसेको बारे नियमित निगरानीको व्यवस्थासमेत गरिएको छ ।”


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस