कोरोना सङ्क्रमित १५ जना आइसोलेशनमा
नेपाल–भारत सीमानासँग जोडिएका बाँकेमा कोरोना सङ्क्रमण देखिएका १५ जनाको कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको छ । खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा निर्माण गरिएको कोरोना विशेष आइसोलेशन अस्पतालमा सङ्क्रमितहरुको उपचारको व्यवस्था मिलाइएको छ । बाँकेको नेपालगञ्जमा पहिलो पटक भेटिएका सङ्क्रमित ६० वर्षीय पुरुषको सम्पर्कमा रहेकामध्येबाट स्वाब सङ्कलन गरी परीक्षण गर्दा आइतबार थप १५ जनामा सङ्क्रमण देखिएको थियो । ती सबै जनालाई कोरोना विशेष आइसोलेशन अस्पताल खजुरामा राखेर उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले बताउनुभयो । बाँकेको नेपालगञ्जमा कोरोना सङ्क्रमितमा सातजना महिला रहेका छन् । सङ्क्रमितको उमेर समूहमा ७, ३०, ४०, ५०, ५५, ५८ र ६० वर्षका रहेका छन् ।
अन्य सङ्क्रमित आठजना पुरुषमध्ये १६, २१, ३२, ३४, ३४, ३६, ३७ र ५५ वर्ष उमेर समूहका रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । बाँकेमा शनिबार सङ्कलन गरिएको स्वाब नमूनामध्ये ५५ जनाको मात्र नतिजा आएको ३५ जनाको नतिजा आउन बाँकी रहेको छ । आइतबार थप चारजनाको स्वाब सङ्कलन गरिएको र त्यसको पनि नतिजा आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस