भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो

२२ वैशाख (रासस,एएनआई) ः भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको बताइएको छ । यहाँ यस संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो रहेको छ । अहिलेसम्म १ हजार ३७३ जनाको यस संक्रमणबाट ज्यान गएको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सोबार बिहानसम्म गएको २४ घन्टामा यहाँ २ हजार ५०० भन्दा बढी विरामी थपिएका छन् । साथै गएको २४ घन्टामा मात्र यहाँ ७२ जना संक्रमितको ज्यान गएको बताइएको छ ।
संक्रमणबाट निको भएका विरामीको संख्या ११ हजार ७०६ जना रहेको पनि बताइएको छ । यसरी भारतमा हाल यो रोगका संक्रमितहरुको संख्या २९ हजार ४५३ जना रहेको छ । कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १२ हजार ९०० नागरिक संक्रमित भएका छन् । गुजरातमा ५ हजार ४०० मानिस प्रभावित भएका छन् । दिल्लीमा यो संक्रमणबाट ४ हजार ५५० जना विरामी छन् । यद्यपि यो भाइरसको प्रकोप भारतका २७ वटा प्रान्तमा नै देखिएको छ । यहाँ पनि सरकारले लकडाउनको घोषणा गरेको छ । यही मे १७ सम्मका लागि यहाँको सरकारले लकडाउनको घोषणा गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस