भारतमा कोरोना संक्रमितको संख्या ४२ हजार नाघ्यो
२२ वैशाख (रासस,एएनआई) ः भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्यामा वृद्धि भएको छ । सोमबारको पछिल्लो तथ्यांकअनुसार यहाँ यस भाइरसबाट संक्रमित हुनेको संख्या ४२ हजार ५३३ जना पुगेको बताइएको छ । यहाँ यस संक्रमणबाट मृत्यु हुनेको संख्या पनि बढ्दो रहेको छ । अहिलेसम्म १ हजार ३७३ जनाको यस संक्रमणबाट ज्यान गएको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार सोबार बिहानसम्म गएको २४ घन्टामा यहाँ २ हजार ५०० भन्दा बढी विरामी थपिएका छन् । साथै गएको २४ घन्टामा मात्र यहाँ ७२ जना संक्रमितको ज्यान गएको बताइएको छ ।
संक्रमणबाट निको भएका विरामीको संख्या ११ हजार ७०६ जना रहेको पनि बताइएको छ । यसरी भारतमा हाल यो रोगका संक्रमितहरुको संख्या २९ हजार ४५३ जना रहेको छ । कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र १२ हजार ९०० नागरिक संक्रमित भएका छन् । गुजरातमा ५ हजार ४०० मानिस प्रभावित भएका छन् । दिल्लीमा यो संक्रमणबाट ४ हजार ५५० जना विरामी छन् । यद्यपि यो भाइरसको प्रकोप भारतका २७ वटा प्रान्तमा नै देखिएको छ । यहाँ पनि सरकारले लकडाउनको घोषणा गरेको छ । यही मे १७ सम्मका लागि यहाँको सरकारले लकडाउनको घोषणा गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस