कीर्तिपुरमा कोरोना नेगेटिभ
कीर्तिपुर, २२ वैशाख /विदेश तथा देशका विभिन्न स्थानबाट कीर्तिपुर नगरपालिकामा आएर बसोबास गरेकाहरुको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । बाहिरबाट आएका ११० जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका उपप्रमुख सरस्वती रिजालका अनुसार जाँच गरिएकामध्ये ६९ जना विभिन्न देशबाट फर्किएका थिए । अन्य सबै होम क्यारेन्टाइनमै बसे पनि नगरपालिकाले विभिन्न वडामा बनाएको क्यारेन्टाइनमा नौ जनालाई राखिएको थियो । त्यसमा हाल दुई जना मात्र छन् । अन्य सबै घरफर्किसकेको उहाँले जानकारी दिनुभयो । प्रवक्ता रिजालका अनुसार वडा नम्बर ४ स्थित ग्रीनभेज सेकेण्डरी स्कूलमा नुवाकोट र बाग्लुङबाट कीर्तिपुर आएका एकएक जनालाई राखिएको छ । —
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस