कीर्तिपुरमा कोरोना नेगेटिभ

कीर्तिपुर, २२ वैशाख /विदेश तथा देशका विभिन्न स्थानबाट कीर्तिपुर नगरपालिकामा आएर बसोबास गरेकाहरुको ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी) विधिबाट कोरोनाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । बाहिरबाट आएका ११० जनाको आरडिटी रिपोर्ट नेगेटिभ आएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाका उपप्रमुख सरस्वती रिजालका अनुसार जाँच गरिएकामध्ये ६९ जना विभिन्न देशबाट फर्किएका थिए । अन्य सबै होम क्यारेन्टाइनमै बसे पनि नगरपालिकाले विभिन्न वडामा बनाएको क्यारेन्टाइनमा नौ जनालाई राखिएको थियो । त्यसमा हाल दुई जना मात्र छन् । अन्य सबै घरफर्किसकेको उहाँले जानकारी दिनुभयो । प्रवक्ता रिजालका अनुसार वडा नम्बर ४ स्थित ग्रीनभेज सेकेण्डरी स्कूलमा नुवाकोट र बाग्लुङबाट कीर्तिपुर आएका एकएक जनालाई राखिएको छ । —
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस