जंगली च्याउ खाँदा पाँच बिरामी
तनहुँ,२२वैशाख /घर नजीकै जंगलबाट ल्याइएको जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । देवघाट गाउँपालिका–५ साउने निवासी ४२ वर्षीय कृष्ण भुजेलको परिवार च्याउ खाँदा बिरामी परेको हो । तिनमध्ये बुबा कृष्ण र उनका १५ वर्षीय छोरा धनलालको अवस्था गम्भीर रहेको र दुवैको पुरानो मेडिकल भरतपुरमा उपचार भरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी ४० वर्षीया श्रीमती गौरी तथा छोरा २१ वर्षीय तीर्थ र १७ वर्षीय मीनबहादुरको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक उज्ज्वल तिलुवालले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस