सवारी पास बन्द

पर्वत, २२ वैशाख /विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणबाट जिल्लालाई जोगाउन पर्वतमा अन्तरजिल्ला सवारी साधनको पास वितरण बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार एक सूचना प्रकाशित गर्र्दै अर्को सूचना जारी नभएसम्मका लागि पर्वत जिल्लाभन्दा बाहिर जाने सवारी साधनका लागि पास वितरण गर्न स्थगित गरिएको जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत घनश्याम गौतमद्वारा जारी सूचनामा बन्दाबन्दीको अवधिमा अत्यावश्यक पसलबाहेक अन्य पसलहरु बन्द गर्न पनि आग्रह गरिएको छ । त्यसैगरी जिल्ला भित्रिनेहरुका लागि स्वास्थ्य चेकजाँचमा कडाइसमेत गरिएको छ । पर्वतलगायत धौलागिरिमा भित्रिने मुख्य नाका पर्वतको मोदी गाउँपालिकास्थित डिमुवामा रहेको हेल्थ डेस्कमा मात्रै आठ हजारभन्दा बढीको स्वास्थ्य जाँच गरिएको मोदी गाउँपालिकाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस