दक्षिण कोरियाली विद्यार्थी छिटै विद्यालय फर्कने

२२ बैशाख/ दक्षिण कोरियाले विद्यायलहरुलाई आ–आफ्ना विद्यार्थीहरु फिर्ता बोलाउने अनुमति दिने बताइएको छ । देशमा कोरोना भाइरसको प्रकोप घट्दै गएकोले अर्को हप्तादेखि देशका विद्यालयहरु पुनः सञ्चालनमा ल्याइने जनाइएको छ । कोरोनाभाइरसको प्रकोप घट्दै गइरहेकोले मे १३ बाट उच्च माध्यामिक विद्यालयका विद्यार्थीहरु र मे २० बाट निम्न माध्यामिक स्तरका विद्यार्थीहरुलाई विद्यालयमा आउने अनुमति दिइने शिक्षामन्त्री यो इअन हाएले सोमबार बताउनु भएको छ ।
दक्षिण कोरियामा कोरोना भाइरस फैलिएपछि करिव ५४ लाख विद्यार्थीहरुले गत अप्रिल ९ देखि अनलाइन कक्षा लिइरहेका छन् । दक्षिण कोरियाको हालका हप्ताहरूमा कोरोना भाइरसको प्रकोप निरन्तर रुपमा घटिरहेको छ । अधिकारीहरूले समाजिक दूरी नियमहरूमा पालाना गर्न सर्वसाधारणलाई आग्रह गरिरहेका छन् । करिब एक हप्ता अगाडी दक्षिण कोरियाले आठ थप भाइरस संक्रमित भेटिएपछि १० हजार ८०० जनामा कोरोना भाइरस सक्रमण देखिएको छ । यस कोरोना भाइरस संक्रमणबाट दक्षिण कोरियामा २५२ जनाको मृत्यु भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस