त्रिचालीस योजनालाई काम गर्ने अनुमति
भीमदत्तनगर, २२ वैशाख \ कञ्चनपुरमा बन्दाबन्दी(लकडाउन)का बेला यहाँका विकास निर्माणका कामलाई सावधानी अपनाएर अघि बढाउन स्थानीय प्रशासनले ४३ योजनालाई अनुमति दिएको छ । कोरोना भाइरसका नियन्त्रणका लागि लकडाउन गरिएपछि यहाँका विकास निर्माणको काम ठप्प रहेको थियो । लकडाउनको अवधि लम्बिने भएपछि जिल्ला प्रशासन कार्यालयले केही दिनयता साना, मझौला र ठूला गरी निर्माणका कामलाई अनुमति दिएको हो । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले यहाँको महाकाली पुल, महाकाली सिँचाइ तेस्रो चरण, हुलाकी राजमार्ग, विभिन्न पुल–पुलेसा, कल्भर्ट, सडक तटबन्धलगायतका योजनालाई काम गर्न अनुमति दिएको जानकारी दिनुभयो । निर्माणस्थलमा सामाजिक दूरी, मजदूरहरुको सुरक्षा सर्तकतालगायतका विषयमा समेत अनुगमन गरिने बताइएको छ । उहाँले भन्नुभयो, “केही समयअघि क्वारेन्टाइनबाट २९ जना भारतीय मजदूरलाई पनि महाकाली पुलको काममा लगाइएको छ ।” यता निर्माण व्यवसायीहरुले भने काम गर्नै अनुमति दिए पनि निर्माण सामग्री अभाव रहेको दुखेसो पोखेका छन् । कञ्चनपुर निर्माण व्यवसायी सङ्घका सचिव योगेन्द्र ठकुराठीले भन्नुभयो, “गिट्टी र बालुवाले मात्रै काम हुने कुरो भएन ।” निर्माण सामग्रीहरु बजारमा नहुनुका साथै भारतीय बजारबाट विगतमा आउने गरेको उहाँको भनाइ छ । “सरकारले खोले पनि बजारलाई खुकुलो बनाउने विषयमा पनि पहल गर्नुपर्छ” उहाँले भन्नुभयो, “अहिले ठेकेदारहरु आफूसित बाँकी रहेको सामान प्रयोग गर्दैछन् ।” सरकारले लकडाउनका बेला ठूला योजना निर्माणका लागि भौतिक दूरी कायम गर्नुपर्ने, निर्माणमा खटिएका मजदूरको दैनिक नियमित ज्वरो मापन गर्नुपर्ने, सुरक्षा सावधानी अपनाउनुपर्ने र निर्माणस्थलमा एम्बुलेन्स सेवासमेत व्यवस्था गर्नुपर्नेलगायतको मापदण्ड जारी गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तिहारका पाँच दिन यमपञ्चक
- २ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ३ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ४ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ५ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ६ हरितालिका तिज मनाइँदै
- ७ हरितालिका तीज शुरु
- ८ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
प्रतिक्रिया दिनुहोस