स्वास्थ्य मन्त्रालय प्रेस ब्रिफिङः सोमबारको अपडेट यस्तो छ

बैशाख २२,सोमबार
सोमबार नेपालमा थप कोरोना भाइरसको विरामी फेला नपरेका स्वास्थ्य मन्त्रालयले बताएको छ । हालसम्म नेपालमा ७५ जना संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमा ५८जना पुरुष र १७ जना महिला रहेका छन् । जस मध्ये १६ जना स्वस्थ बनेर घर फर्किसकेका छन् । ५९ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए ।
यस्तै सोमबार सम्म डा। देवकोटाका अनुसार हालसम्म १३ हजार ६४० जनाको पीसीआर परीक्षण र ५० हजार ८ सय ४५ जनाको आरडीटी परीक्षण गरिसकिएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८२ जनाको परीक्षण भएको छ ।
प्रदेश १ मा ५ हजार ८ सय ३७ , प्रदेश २ मा ५ हजार ७ सय २६, बागमती प्रदेशमा ८ हजार ६ सय १०, गण्डकी प्रदेशमा ५ हजार ८ सय ८२, प्रदेश ५ मा ४ हजार ८ सय ३१ , कर्णाली प्रदेशमा ५ हजार ८ सय १३ र सुदूरपश्चिम प्रदेशमा १४ हजार १सय ३६जनाको आरडीटी परीक्षण गरिएको छ । कुल ५० हजार ८ सय ४५ जनाको आरडिटी परिक्षण गरिएको बताइएको छ ।
हाल क्वारेन्टाइनमा २१ हजार ५ सय २३ रहेका छन् भने १०६ जना आइसोलेसनमा रहेका छन् ।काठमाण्डौमा १ जना र बाहिर १०५ जना आइसोलेसनमा रहेका छन्।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज भानु जयन्ती
- २ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ३ नयाँ वर्षः सुदूरपश्चिममा बिसु पर्व र पुतला खेलको रौनक
- ४ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ५ ब्ल्याक टी सेवन महिनावारीमा फाइदाजनक
- ६ बहुगुणी अदुवाको सेवनले गर्छ स्वास्थ्यको निम्ती यस्ता फाईदा
- ७ मानिस किन जागिर छाड्छन् ? यस्ता छन् ७ कारण
- ८ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
प्रतिक्रिया दिनुहोस