तोकिएको भन्दा ४७ प्रतिशत बढी मूल्य असुल्ने कैलालीका दुई औषधी व्यवसायीलाई कारबाही

अत्तरिया, २२ वैशाख /कैलालीका दुई वटा औषधी व्यवसायीलाई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय कैलाली र आपूर्ति वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीको संयुक्त अनुगमन टोलीले सोमबार धनगढी उपमहानगरपालिका २ स्थित सरोज मेडिकल हल र गोदावरी नगरपालिका २ स्थित हिमाल फार्मेसीलाई कारबाही गरेको अनुगमन टोलीले जनाएको छ ।
धनगढीको सरोजलाई रु. २० हजार र गोदावरीको हिमाललाई रु. २ लाख जरिवाना गरिएको आपूर्ति वाणिज्य तथा उपभोक्ता हित संरक्षण कार्यालय धनगढीका प्रमुख कमलबहादुर पुनले बताउनुभयो । उहाँका अनुसार सरोजलाई औषधि खरिद बिल माग गर्दा देखाउन नसकेको र हिमालले सर्जिकल मास्कमा मूल्य वृद्धि गरेर बिक्री वितरण गरिरहेको पाइएपछि कारबाही गरिएको हो । प्रमुख पुनमगरले अनुगमनका क्रममा फार्मेसीले मास्कमा तोकिएको भन्दा ४७ प्रतिशत बढी मूल्य असुलेको पाइएपछि जरिवाना गरिएको बताउनुभयो । सो अनुगमन टोलीले सोमबार धनगढी र गोदावरीमा रहेको छ वटा औषधि पसलमा अनुगमन गरेको थियो ।
यसअघि लकडाउनका बेला कालोबजारी गर्ने पाँच व्यवसायीलाई कारबाही गरिएको सो कार्यालयले जनाएको छ । कैलालीमा सोमबार अपरान्ह् ४ बजेदेखि धनगढी लगायतका बजारहरु पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । दुई दिनदेखि दैनिक दुई घण्टा लकडाउन खुकुलो पारेको स्थानीय प्रशासनले नेपालगञ्जमा १५ जनामा कोरोनाको संक्रमण पाइएपछि कैलालीमा समेत लकडाउनमा कडाइ गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस