बाढीले पाइप बगाउँदा खानेपानीको समस्या

बलेवा, २३ वैशाख /बागलुङ बजारमा वितरण भइरहेको खानेपानीको पाइप बाढीले बगाएको छ । आइतबार राति बागलुङ नगरपालिका–३ मा रहेको भूँदीखोला मुहानको पाइप बाढीले बगाउँदा बागलुङ बजारका केही क्षेत्रमा खानेपानीको आपूर्ति बन्द भएको छ । भूँदीखोलामा आएको बाढीले पाइप बगाएपछि नगरपालिका–२ श्रीनगरटोल र वडा नं ४ को उपल्लाचौरमा खानेपानी आपूर्ति बन्द भएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ । यहाँका झण्डै एक हजार ५०० धारामा पानी बन्द भएको हो । संस्थाले सोमबारदेखि नै पाइप मर्मतको काम थालेको संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिनुभयो ।
अप्ठ्यारो ठाउँमा रहेको पाइप बगाएका कारण मर्मत भएर पानी सञ्चालन हुन केही दिन लाग्ने संस्थाले जनाएको छ । लकडाउनका कारण घरभित्रै रहेका बजारवासीलाई पानीको अभाव हुने भएको छ । बागलुङ बजार क्षेत्रभित्र रिठेखोला मुहान, रेशखोला मुहान र भूँदीखोला मुहानबाट पिउनका लागि पानी ल्याइएको छ । अन्य स्थानको पानी बजारमा आए पनि भुँदीको पानी भने पहिरोले पाइप बगाउँदा आइतबारदेखि पर्याप्त पानी आउन नसकेको शर्माले बताउनुभयो ।
अहिले रिठेखोलाबाट ३.५ लिटर प्रतिसेकेन्ड, रेशबाट १७ लिटर प्रतिसेकेन्ड र भुदीबाट २० लिटर प्रतिसेकेन्ड पानी दैनिक आउने गरेको थियो । तीन वटा मुहानबाट ल्याइएको पानी बजार क्षेत्रभित्र पर्याप्त नभएकाले काठेखोला मुहानबाट लिफ्ट प्रणालीबाट पानी ल्याउने कामसमेत संस्थाले अगाडि बढाएको छ । नगरपालिकाभित्रका उपभोक्तालाई सफा र स्वच्छ खानेपानी खुवाउने उद्देश्यले नगरपालिका–३ काँठेखोलाको पानी लिफ्ट प्रणालीबाट बागलुङ बजारमा ल्याउन लागिएको बागलुङ नगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताउनुभयो । नयाँ योजनाबाट प्रतिसेकेन्ड ७० लिटर पानी आउने गरी तयारी भइरहेको श्रेष्ठले बताउनुभयो । अहिले बजारमा प्रतिसेकेण्ड ३० लिटर पानी आउँछ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस