घरघरमा मल र बीउ पुर्याउँदै साना किसान सहकारी
बनियानी, २३ वैशाख / झापा भद्रपुर नगरपालिका–४ स्थित साना किसान सहकारी संस्थाले किसानको घरघरमा मल र बीउ पु¥याउन थालेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउन लम्बिएपछि किसानलाई बर्खेखेतीका लागि आवश्यक पर्ने मल, बीउ सहकारीले घरघरमा पुर्याउन थालेको हो ।
किसानलाई बर्खेबाली लगाउन सहज होस् भनेर संस्थाले आफ्ना सदस्य र गैरसदस्य किसानको घरघरमा मल, बीउ पु¥याउन थालेको संस्थाका अध्यक्ष मदनबहादुर बस्नेतले जानकारी दिनुभयो । “सेवा क्षेत्र रहेको भद्रपुर वडा नं ४, ६ र ७ का किसानलाई घरघरमै मल र बीउ पु¥याउन शुरु गरिएको छ”, उहाँले भन्नुभयो, “लकडाउनका बेला किसानलाई केही भए पनि सहयोग मिल्ने विश्वास छ ।” संस्थाले पहिलो चरणमा २०० बोरा डिएपी मल र १०० बोरा उन्नत जातको धानको बीउ सहुलियत मूल्यमा उपलब्ध गराएको छ ।
संस्थाले कृषि सामग्री संस्थान दमकस्थित कार्यालय र वीरगञ्जबाट मल, बीउ ल्याएर वितरण गरेको हो । समयमै मल, बीउ उपलब्ध गराउन नसकिए उत्पादन घट्ने भएकाले थप मल, बीउ ल्याएर वितरण गर्ने योजना रहेको संस्थाले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस