१६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पक्राउ

सप्तरी, २३ वैशाख /एक १६ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । घटनास्थलबाटै गाउँलेले सप्तरीको राजगढ गाउँपालिका–४ छातापुरका २५ वर्षीय शम्भुकुमार रामलाई नियन्त्रणमा लिई प्रहरीमा बुझाएको सप्तरी प्रहरीले जनाएको छ ।
आरोपितलाई सुरक्षा बेसक्याम्प पत्थरगाढाको प्रहरीलाई जिम्मा लगाउनुअघि गाउँलेले रामलाई कुटपिटसमेत गरेका छन् । पीडितका बुबाले सोमबार जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरी दर्ता गरी आज सप्तरी जिल्ला अदालतबाट म्याद थप गर्न लागिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।
प्रनाउ भारतीका अनुसार पीडितको सोमबार नै राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ । घरमा सुतिरहेका बेला आइतबार राति तीन जना प्रवेश गरेकामा अपरिचित दुई फरार भएको र आरोपितले बलात्कार गरेको पीडितले बताएकी छिन् । आरोपितले भने आपसी सहमतिमा भेंटघाट गर्न एक्लै गए पनि बलात्कार नगरेको बताका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस