गाँजासहित चार जना पक्राउ
काठमाडौँ, २० वैशाख /काठमाडौँ चन्द्रागिरिबाट गाँजासहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । चन्दागिरि नगरपालिका ९ खबासबस्तीबाट अवैध लागुऔषध गाँजा एक किलो ३५० ग्रामसहित चार जनालाई आज प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा काठमाडौँ कीर्तिपुर नगरपालिका–५ का २३ वर्षीय रञ्जन विष्ट, कीर्तिपुर नगरपालिका–७ का २६ वर्षीय मिलन तामाङ, १९ वर्षीय सुनिल तामाङ र अर्का एक जना रहेको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । महानगरीय प्रहरी प्रभाग मच्छेगाँउबाट खटिएको प्रहरीले उनीहरुलाई यसरी लागुऔषधसहित पक्राउ गरेको हो ।
उक्त घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको थानकोटका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस