अफगानिस्तान हवाई आक्रमणमा १६ जनाको मृत्यु

मजार–ए–सरिफ, २३ वैशाख / अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा मंगलबार सरकारी सैनिक हवाई आक्रमणमा तालिबानका एक जना प्रमुख कमान्डर सहित १५ जनाको मृत्यु भएको अफगान सेनाले जनाएको छ ।
उत्तरी कमान्डका सैनिक प्रवक्ता मोहम्मद हनिफ रेजाईले उक्त हवाई आक्रमणमा तालिबानका कमान्डर मुल्लाह याकुब पनि मारिएको बताउनुभयो ।
तालिबान समूहको रेड युनिटका कमान्डर मुल्लाह याकुब सहितका तालिबानी लडाकूहरु भेला भएको सूचनाका आधारमा राति १ बजे हवाई कारबाही गरिएको पनि प्रवक्ता हनिफले जानकारी दिनुभयो ।
सैनिक प्रवक्ता हनिफले बाल्ख र छिमेकी जज्वान तथा फरयाब प्रान्तमा समेत निकै कुख्यात व्यक्तिका रुपमा चिनिएका याकुबको भौतिक उपस्थिति अब समाप्त भएको बताउनुभयो ।
उक्त घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया दिएको छैन । मजार–ए–सरिफ, २३ वैशाख ९रासस–सिन्ह्वा० –– अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा मंगलबार सरकारी सैनिक हवाई आक्रमणमा तालिबानका एक जना प्रमुख कमान्डर सहित १५ जनाको मृत्यु भएको अफगान सेनाले जनाएको छ ।
उत्तरी कमान्डका सैनिक प्रवक्ता मोहम्मद हनिफ रेजाईले उक्त हवाई आक्रमणमा तालिबानका कमान्डर मुल्लाह याकुब पनि मारिएको बताउनुभयो ।
तालिबान समूहको रेड युनिटका कमान्डर मुल्लाह याकुब सहितका तालिबानी लडाकूहरु भेला भएको सूचनाका आधारमा राति १ बजे हवाई कारबाही गरिएको पनि प्रवक्ता हनिफले जानकारी दिनुभयो ।
सैनिक प्रवक्ता हनिफले बाल्ख र छिमेकी जज्वान तथा फरयाब प्रान्तमा समेत निकै कुख्यात व्यक्तिका रुपमा चिनिएका याकुबको भौतिक उपस्थिति अब समाप्त भएको बताउनुभयो ।
उक्त घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया दिएको छैन ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस