अफगानिस्तान हवाई आक्रमणमा १६ जनाको मृत्यु
मजार–ए–सरिफ, २३ वैशाख / अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा मंगलबार सरकारी सैनिक हवाई आक्रमणमा तालिबानका एक जना प्रमुख कमान्डर सहित १५ जनाको मृत्यु भएको अफगान सेनाले जनाएको छ ।
उत्तरी कमान्डका सैनिक प्रवक्ता मोहम्मद हनिफ रेजाईले उक्त हवाई आक्रमणमा तालिबानका कमान्डर मुल्लाह याकुब पनि मारिएको बताउनुभयो ।
तालिबान समूहको रेड युनिटका कमान्डर मुल्लाह याकुब सहितका तालिबानी लडाकूहरु भेला भएको सूचनाका आधारमा राति १ बजे हवाई कारबाही गरिएको पनि प्रवक्ता हनिफले जानकारी दिनुभयो ।
सैनिक प्रवक्ता हनिफले बाल्ख र छिमेकी जज्वान तथा फरयाब प्रान्तमा समेत निकै कुख्यात व्यक्तिका रुपमा चिनिएका याकुबको भौतिक उपस्थिति अब समाप्त भएको बताउनुभयो ।
उक्त घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया दिएको छैन । मजार–ए–सरिफ, २३ वैशाख ९रासस–सिन्ह्वा० –– अफगानिस्तानको उत्तरी बाल्ख प्रान्तमा मंगलबार सरकारी सैनिक हवाई आक्रमणमा तालिबानका एक जना प्रमुख कमान्डर सहित १५ जनाको मृत्यु भएको अफगान सेनाले जनाएको छ ।
उत्तरी कमान्डका सैनिक प्रवक्ता मोहम्मद हनिफ रेजाईले उक्त हवाई आक्रमणमा तालिबानका कमान्डर मुल्लाह याकुब पनि मारिएको बताउनुभयो ।
तालिबान समूहको रेड युनिटका कमान्डर मुल्लाह याकुब सहितका तालिबानी लडाकूहरु भेला भएको सूचनाका आधारमा राति १ बजे हवाई कारबाही गरिएको पनि प्रवक्ता हनिफले जानकारी दिनुभयो ।
सैनिक प्रवक्ता हनिफले बाल्ख र छिमेकी जज्वान तथा फरयाब प्रान्तमा समेत निकै कुख्यात व्यक्तिका रुपमा चिनिएका याकुबको भौतिक उपस्थिति अब समाप्त भएको बताउनुभयो ।
उक्त घटनाका बारेमा तालिबान समूहले कुनै प्रतिक्रिया दिएको छैन ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस