अज्ञात रोगले करेलाको बिरुवा मर्न थालेपछि किसान मर्कामा

धादिङ, २३ वैशाख /करेलाबालीमा रोगको महामारी फैलिएर नष्ट हुन थालेपछि धादिङको थाक्रे गाउँपालिका—११ बालुवाफाँटका किसान मर्कामा परेका छन् । सरकारले सिफारिस गरेको पाली एफ—१ जातको करेला लगाएर यतिखेर फल टिप्नुपर्ने बेलामा पहेँलो भएर बिरुवा नै मर्न थालेपछि उनीहरु मर्कामा परेका हुन् ।
बहत्तरजना किसानले लगाएका करेला, घिरौँला र लौकामा यस किसिमको समस्या आएपछि किसानले आम्दानी लिन नसक्ने अवस्थामा पुगेको किसान राजेन्द्र रुपाखेतीले बताउनुभयोे । खेतका गह्रामा लगाइएको करेला टिपेर बजारमा बिक्री गर्नुपर्ने बेलामा पात पहेँलो हुने, मुन्टा ओइलाउने र विस्तारै बिरुवासमेत मर्ने समस्या आएकाले कुन रोग लागेको हो पत्ता लगाउनै समस्या परेको कृषि प्राविधिक सागर बिडारीको भनाइ छ । बालुवा फाँटमा फलेको करेला गत वर्ष कतार निर्यात भएको थियो । यहाँको राम्रो करेला भएकाले यसलाई विदेश पठाइएको र यस वर्ष पनि किसान उत्साहित भएर गरेको खेती अज्ञात रोगले सखाप भएको छ । बीउ नै राम्रो नपरेको अनुमान लगाउँदै किसानले यसको तथ्य जाँच गर्नुपर्ने र राज्यले क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । सबैभन्दा राम्रो जातको करेला भनेर सरकारको सिफारिसबमोजिम किसानले लगाएको भए पनि तरकारी किसानले यस वर्ष ठूलो समस्यामा परेको किसान केशव रुपाखेतीले राससलाई बताउनुभयो ।
चक्रिय बालीअनुसार लगाइएको बालीमा समेत सबै करेला मर्न थालेकाले महामारीका रुपमा फैलिएर सखाप पारेको थियो । बालुवाफाँटमा करेला खेती गरेका किसान समस्यामा परेको र वडाले मात्रै यो समस्या समाधान गर्न नसक्ने वडाध्यक्ष रविप्रकाश ओझाले जानाकारी दिनुभयो । गाउँपालिकाले यस क्षेत्रका केही किसानलाई ५० प्रतिशत अनुदानमा बीउ वितरण गरिए पनि बाली बीमा र किसानको समस्या समाधानका लागि काम गर्न नसकेको किसानको गुनासो छ । गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले किसानको समस्या समाधानका लागि पहल गरिने बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस