जङ्गली च्याउ खाँदा तीन घरपरिवारका १० जना बिरामी
खाँदबारी, २३ वैशाख /सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ गोठगाउँमा जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा तीन घरपरिवारका १० जना बिरामी परेका छन् ।
शनिबार बेलुकी च्याउको तरकारी खाएपछि २७ वर्षीय सन्देश राई, उनकी श्रीमती २४ वर्षीया मनिला राई, छोरी तीन वर्षीया सुपी राई बिरामी परेका थिए । उनीहरुका छिमेकी २४ वर्षीया अनिता राई, २१ वर्षीय दिनेश राई र तीन वर्षीया छोरी आकांक्षा राई गरी छ जना बिरामी परेपछि उपचारका लागि सोमबार जिल्ला अस्पताल खाँदबारीमा ल्याइएको छ ।
यस्तै राईका अर्का छिमेकी ३० वर्षीया कल्पना रिजाल र उनको छोरीहरु छ वर्षीया फूलकुमारी, ११ वर्षीया सुस्मिता र १३ वर्षीया बालकुमारी पनि च्याउ खाएपछि बिरामी परेका हुन् ।
उनीहरुलाई पनि सोमबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले बताउनुभयो । अहिले उनीहरुको अवस्था सामान्य रहेको जिल्ला अस्पताल खाँदबारीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुन्दरश्याम झाले बताउनुभयो । जङ्गली च्याउ खाएर बिरामी परेकाको उपचार भइरहेकाले डराउनुपर्ने अवस्था नरहेको डा झाको भनाइ छ । गएको शनिबार सन्देश र मनिलाले जङ्गलबाट च्याउ टिपेर ल्याएपछि दुई घर छिमेकी अनिता राई र कल्पना रिजाललाई बाँडेर दिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस