जङ्गली च्याउ खाँदा तीन घरपरिवारका १० जना बिरामी

खाँदबारी, २३ वैशाख /सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ गोठगाउँमा जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा तीन घरपरिवारका १० जना बिरामी परेका छन् ।
शनिबार बेलुकी च्याउको तरकारी खाएपछि २७ वर्षीय सन्देश राई, उनकी श्रीमती २४ वर्षीया मनिला राई, छोरी तीन वर्षीया सुपी राई बिरामी परेका थिए । उनीहरुका छिमेकी २४ वर्षीया अनिता राई, २१ वर्षीय दिनेश राई र तीन वर्षीया छोरी आकांक्षा राई गरी छ जना बिरामी परेपछि उपचारका लागि सोमबार जिल्ला अस्पताल खाँदबारीमा ल्याइएको छ ।
यस्तै राईका अर्का छिमेकी ३० वर्षीया कल्पना रिजाल र उनको छोरीहरु छ वर्षीया फूलकुमारी, ११ वर्षीया सुस्मिता र १३ वर्षीया बालकुमारी पनि च्याउ खाएपछि बिरामी परेका हुन् ।
उनीहरुलाई पनि सोमबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरी नायब उपरीक्षक मिमबहादुर लामाले बताउनुभयो । अहिले उनीहरुको अवस्था सामान्य रहेको जिल्ला अस्पताल खाँदबारीका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा सुन्दरश्याम झाले बताउनुभयो । जङ्गली च्याउ खाएर बिरामी परेकाको उपचार भइरहेकाले डराउनुपर्ने अवस्था नरहेको डा झाको भनाइ छ । गएको शनिबार सन्देश र मनिलाले जङ्गलबाट च्याउ टिपेर ल्याएपछि दुई घर छिमेकी अनिता राई र कल्पना रिजाललाई बाँडेर दिएका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस