पैदलयात्री नागढुङ्गामा लुटिए
हेटौँडा, २३ वैशाख / लकडाउन घोषणको कारणले सवारी साधन नचलेपछि काठमाडौँमा अलपत्र परेका एक भारतीय मजदूर पैदल हिँडेर घर जान लाग्दा नागढुङ्गामा लुटिएका छन् । काठमाडौँमा घर निर्माणमा संलग्न ४५ वर्षीय राघवेन्द्र चौधरी काठमाडौँबाट विराटनगर जाने क्रममा नागढुङ्गामा लुटिएका हुन् । नागढुङ्गाभन्दा तल बस पाइन्छ भन्ने आश्वासन दिएर निजलाई लुटिएको थियो ।
भारत, मालदह घर बताउने चौधरीलाई घाँटीमा खुकुरी तेस्र्याएर निजसँग रहेको रु १५ हजार र झोला लुटिएको बताइएको छ । ठेकेदारले घर जनालाई रु १५ हजार दिएका थिए । लुटिएपछि पैसाको अभावले पीडित चौधरी भोकै हेटौँडासम्म आइपुगेका थिए । बुधचोकमा भेटिएका उनलाई राससले खाजा, पानी र बाटा खर्च दिँदै मकवानपुर प्रहरीलाई जिम्मा लगाएको थियो । उनी विराटनगर जान लागेका थिए ।
लकडाउन लम्बिँदै जाँदा दिनहुँ सैयौँ मजदूर हेटौँडा हुँदै आआफ्नो गन्तव्यमा जाँदै गरेको देखिन्छ । बाटामा खाजा र खाना नपाइएको कलैयाका रामपुकार ठाकुरले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक



प्रतिक्रिया दिनुहोस