प्रदेश नं २ मा दुई हजार ६१० जनाको स्वाब सङ्कलन
जनकपुरधाम, २३ वैशाख / प्रदेश नं २ मा कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि आजसम्म दुई हजार ६१० जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । सङ्कलित सो स्वाबको नमूनामध्ये दुई हजार ३०५ जनाको स्वाबको परीक्षण गरिएकामा दुई हजार २९२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३०५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयद्वारा कोरोना भाइरसको सन्दर्भमा प्रतिदिन आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले कोरोनाबाट सङ्क्रमित ११ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको बताउनुभयो । यस प्रदेशमा अहिलेसम्म पाँच हजार ३१६ जनाको आरडिटी परीक्षण गरिएको छ । यस प्रदेशको विभिन्न क्वारेन्टाइनमा एक हजार २७४ जना बसेका छन् भने चार हजार ३६४ जना होम क्वारेन्टाइनमा र ३१ जना आइसोलेशनमा छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस