प्रदेश नं २ मा दुई हजार ६१० जनाको स्वाब सङ्कलन

जनकपुरधाम, २३ वैशाख / प्रदेश नं २ मा कोरोना भाइरसको रोकथाम तथा उपचारका लागि आजसम्म दुई हजार ६१० जनाको स्वाबको नमूना सङ्कलन गरिएको छ । सङ्कलित सो स्वाबको नमूनामध्ये दुई हजार ३०५ जनाको स्वाबको परीक्षण गरिएकामा दुई हजार २९२ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने ३०५ जनाको रिपोर्ट आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयद्वारा कोरोना भाइरसको सन्दर्भमा प्रतिदिन आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले कोरोनाबाट सङ्क्रमित ११ जनाको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार भइरहेको बताउनुभयो । यस प्रदेशमा अहिलेसम्म पाँच हजार ३१६ जनाको आरडिटी परीक्षण गरिएको छ । यस प्रदेशको विभिन्न क्वारेन्टाइनमा एक हजार २७४ जना बसेका छन् भने चार हजार ३६४ जना होम क्वारेन्टाइनमा र ३१ जना आइसोलेशनमा छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस