३ जङ्गली हात्ती गाउँ छिरेर ४ घर तोडफोड

सप्तरी, २४ वैशाख /सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा गए राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ ।
तीन हात्तीको एकैपटक गाउँ प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण राम र लक्ष्मीदेवी रामको घर तोडफोड गरेको प्रहरीले जनाएको छ । पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रमा अवस्थित रामटोलमा हात्तीको समूहले घर तोडाफोड गरी धान, गहँु, चामल, दाललगायतका खाद्यान्न खाएर रु पाँच लाख बराबरको क्षति गरेको गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले जानकारी दिनुभयो ।
लकडाउनले बेरोजगार भइ आयस्रोत बन्द भएका बेला हात्ती आतङ्कले जीवनयापन थप कष्टकर बनाएको पीडित श्यामकुमार रामले बताउनुभयो । रामले खानाका साथै घर तोडफोडपछि आवासको पनि चिन्ता थपिएको बताउनुभयो । हात्ती आतङ्क रोकथाम र नियन्त्रणतर्फ सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको गुनासो छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस