थर्मल गनले तापक्रम जाँचेर घर फिर्ता

प्युठान, २४ वैशाख /बन्दाबन्दीका समयमा भारतलगायत विदेशबाट आई क्वारेन्टाइनमा रहेकाहरुलाई थर्मल गनबाट जाँचेका भरमा घर पठाइएको छ । जिल्लामा सोमबारदेखि किट सकिएपछि थर्मल गनले तापक्रम जाँच गरी ११२ जनालाई मङ्गलबार घर पठाइएको हो ।
जिल्लाभरबाट १३७ जनालाई पन्ध्र दिनको क्वारेन्टाइन बसाइ पूरा गरी घर फिर्ता गर्नुपर्ने थियो । किटको अभावका कारण केही स्थानीय तहले क्वारेन्टाइनमै राख्ने र केही स्थानीय तहले थर्मल गनका भरमा घर फिर्ता गरेका हुन् । जिल्लाभरबाट ११६ जना फिर्ता गरिएकामा चार जनाको मात्रै आरडिटी गरिएको र ११२ जनालाई थर्मल गनले तापक्रम परीक्षण गरी घर फिर्ता गराइएको जिल्ला स्वास्थ्य कार्यालय प्युठानका विपद् व्यवस्थापन फोकल पर्सन पुष्कल श्रेष्ठले जानकारी दिनुभयो । “सामान्य लक्षणहरु पनि नदेखिएका कारण सामान्य परीक्षणबाटै घर पठाइएका छाँै”, श्रेष्ठले भन्नुभयो, “एक हप्तासम्म परिवार, समुदाय, स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीको निगरानी रहन्छ ।” उहाँका अनुसार होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने शर्तमा मञ्जूर भएपछि मात्रै क्वारेन्टाइनबाट पठाउने गरिएको छ ।
किटका अभावमा थर्मल गनले स्वास्थ्य जाँच गरी स्वर्गद्वारी नगरपालिकाले ७७, गौमुखी गाउँपालिकाले १८ र सरुमारानी गाउँपालिकाले १७ जना घर पठाएका छन् । क्वारेन्टाइनमा पन्ध्र दिनको बसाइ पूरा गरेका २१ जना भने फर्किन पाएका छैनन् । प्युठान नगरपालिकामा रहेका पाँच, नौबिहनी गाउँपालिका दुई, माण्डवी गाउँपालिकाका १० र मल्लरानी गाउँपालिकामा चार जनालाई एक हप्ताभित्र किट आउने आशामा क्वारेन्टाइनमै राखिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गोविन्द घिमिरेले जानकारी दिनुभयो । जिल्लामा रहेका क्वारेन्टाइनमा मंगलबारसम्म ९९५ छन् । तीमध्ये बुधबार ४५ र बिहीबार १५३ जनाको चौध दिन बसाइ पूरा गरी पन्ध्र दिन पूरा हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस