• जीवनशैली | Jiwanshaili
  • तुलसीपुरमा म्याद नाघेका सामान बिक्री


    लमही, २४ वैशाख / तुलसीपुर उपमहानगरपालिकाले बजार अनुगमन गर्दा धेरै पसलमा म्याद नाघेका सामग्री भेटिएको छ । उपभोक्ता तथा हित संरक्षण शाखा, तुलसीपुर उद्योग वाणिज्य संघ, प्रशासन, प्रहरी, र जनप्रतिनिधिसहितको टोलीले मङ्गलबार तुलसीपुरका आठ खाद्यान्न तथा डिपार्टमेण्टल स्टोरमा अनुगमन गर्दा भेटिएका म्याद नाघेका सामग्री जफत गरिल्याएको छ । सरोकार पक्षको रोहवरमा ती सामग्री नष्ट गरिने बताएको छ ।

    त्यस्तै कतिपय पसलले सामग्री बिक्री गर्दा बिल जारी नगर्ने र मूल्य सूची नै नराखेको पाइएको उपमहानगरपालिका उपभोक्ता तथा हित संरक्षण शाखाका प्रमुख रेवा रावतले जानकारी दिनुभयो । उहाँका अनुसार म्याद नाघेका सामग्री बिक्री गर्ने व्यवसायीलाई सजग गराइएको र फेरि पनि भेटिए कानूनबमोजिम कारवाही गरिने छ ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस