गाउँका क्वारेन्टाइनमा सहयोग
सिमकोट, २४ वैशाख /दुर्गम गाउँका क्वारेन्टाइनमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ । सिमकोट गाउँपालिका वडा नं ५ र ६ मा रहेका दुई कवारेन्टाइनमा बसेका नागरिकलाई आर्थिक सहयोग जुटेको छ ।
केही दिनअगाडि कर्णाली प्रदेश सरकारले नेपालगञ्ज र सुर्खेतबाट हवाई उद्धार गरी सिमकोट गाउँपालिका वडा नं ६ मा रहेको कालाशिल्ता प्रावि र वडा नं ५ को भीमसेन आधारभूत विद्यालयको क्वारेन्टाइनमा बसेका ७२ जनालाई सिमकोट गाउँपालिका–५ का स्थानीय राजु रावतले रु एक लाख ६५ हजार आर्थिक सहयोग गर्नुभएको छ । रावत लामो समयदेखि कामको सिललिामा काठमाडौँमा बस्दै आउनुभएको छ ।
जिल्ला बाहिर काठमाडाँै, पोखरा, नेपालगञ्ज र सुर्खेतबाट उद्धार गरी वडा कार्यालयले बनाएका अस्थायी क्वारेन्टाइनमा बसेका नागरिकलाई क्वारेन्टाइनमा बस्दा हुनुपर्ने सेवासुविधाको कुनै कमी नहोस् भनी स्थानीयवासी राजु रावत र उहाँकी श्रीमतीले मङ्गलबार दुवै क्वारेन्टाइनलाई रु ८२ हजार ५०० का दरले सहयोग गरेको स्थानीय अगुवा भीम रोकायाले जानकारी दिनुभयो । जिल्ला बाहिरबाट आएर स्थानीय तहले बनाएका क्वारेन्टाइनमा विद्यार्थी बालबालिका, वृद्धवृद्धा १४ दिनसम्म बस्नुपर्ने हुँदा उनीहरु बस्दासम्म आर्थिक सङ्कट नहोस् भनी सहयागे गरेको रावतले बताउनुभयो ।
अदानचुली गाउँपालिका–४ का अनिता बुमीले अदानचुली गाउँपालिकाका ६वटै वडामा चाउचाउ, बिस्कुट, चिनी, चियापत्ती वितरण गर्नुभएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस