दैनिक ६०० लाई निःशुल्क खाना
काठमाडौँ, २४ वैशाख / बन्दाबन्दीको समयमा नेपाल स्वयंसेवक सङ्घले भक्तपुर र कोटेश्वरका विभिन्न स्थानमा निःशुल्क खाना खुवाइरहेको छ । सङ्घका अध्यक्ष सन्तोष निरौलाले बाटोमा अलपत्र परेका मानिस, मजदुर, विद्यार्थी, कोठामा बस्ने र अस्पतालका बिरामीलाई गत चैत १५ गतेदेखि निःशुल्क खाना खुवाइरहेको जनाउनुभयो । सङ्घले बिहान ९.३० देखि १२ र साँझ ५ः३० देखि ९ बजेसम्म भक्तपुर, थिमि, सूर्यविनायक, भक्तपुर क्यान्सर अस्पताल र कोटेश्वरका विभिन्न स्थानमा पुगेर खाना खुवाउने गरेको छ ।
“पकाएको खाना गाडीमा राखेर ती स्थानमा जाने गरेका छौँ” सङ्घकी उपाध्यक्ष सीता सुवेदीले भन्नुभयो, “अनि बाटोमा हिँडिरहेका मानिस र मजदुरलाई खाना दिन्छौँ”, उहाँले विभिन्न सङ्घसंस्थासँग खाद्यान्न मागी खाना बनाएर खुवाएको बताउनुभयो । खानामा दाल, तरकारी, भात र अचार रहने गरेको छ । खानाका लागि प्लाष्टिकका सामान प्रयोग गरिएको हुन्छ ।
उहाँका अनुसार खाना खुवाउनका लागि ३० स्वयंसेवक परिचालन गरिएको छ । पहिले दैनिक १५० जनालाई खाना खुवाउँदै गरेकामा अहिले ६०० जना पुगेका छन् । बिहान ३०० हुन्छन् भने साँझपख भने मानिसको सङ्ख्या बढ्ने गर्दछ । सङ्घले विसं २०७२ को भूकम्प र विभिन्न ठाउँमा गएको बाढीपहिरोमा समेत यसैगरी खाना खुवाउने गरेको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस