उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण गरिँदै
चितवन, २४ वैशाख / पुरानो मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण गरिने भएको छ । दम, उच्च रक्तचाप र ज्वरो आएर उपचारका लागि आएकी रुपन्देही जिल्ला घर भई हाल खैरहनी नगरपालिका–१२ बस्ने ६० वर्षीया उमादेवी विकको उपचारका क्रममा मङ्गलबार राति मृत्यु भएको थियो ।
अस्पतलामा विकको मृत्यु भएपछि कोरोना भाइरसको आशङ्कामा स्वाब सङ्कलन गरी काठमाडौँ पठाउने तयारी गरिएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले जानकारी दिनुभयो । मृत्यु भएकी विकको शव भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । यसअघि पनि भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा उपचाररत वीरगञ्जका सन्तोष यादवको मृत्यु भएको थियो । उनको पनि स्वाब परीक्षण गरिएको थियो । तर, उनको कोरोना रिपोर्ट भने नेगेटिभ आएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस