बाँकेबर्दियाका किसानले भित्र्याए गहुँबाली
नेपालगञ्ज,२४ वैशाख /बन्दाबन्दीकै बीचमा बाँके र बर्दियाका किसानले गहुँबाली भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार यस वर्ष बाँकेमा दुई हजार १७६ र बर्दियामा एक हजार ९३६ हेक्टरमा गहुँखेती गरिएको थियो ।
यस वर्ष बाँकेमा ६ हजार ५२८ र बर्दियामा ६ हजार मेट्रिकटन गहुँ उत्पादन भएको प्रारम्भिक आकंलन गरिएको ढकालले जानकारी दिनुभयो । हिउँदमा बढी पानी परेकाले यी दुई जिल्लामा गहुँको उत्पादनमा केही कमी आउने अनुमान गरिएको छ ।
बन्दाबन्दीमा जसोतसो गहुँबाली भित्र्याएका किसान बिक्रीवितरणमा सहजता नहुँदा समस्यामा परेको बर्दिया राजापुरका किसान पहाडी चौधरीले बताउनुभयो । यस वर्ष सरकारले गहुँको समर्थन मूल्य रु तीन हजार १५ तोकेको छ । कतिपय व्यापारीले त्यसभन्दा कम मूल्यमा गहुँ खरीद गरिरहेको किसानको गुनासो छ ।
लकडाउनले गर्दा सबै व्यापारीले गहुँ खरीद गर्न पनि नसकेको जनाइएको छ । केही व्यापारीले मात्रै गहुँ खरीद गर्दा मूल्यमा मनोमानी भएको किसानको गुनासो छ । अहिले गहँु भित्र्याएका किसान धान लगाउने तयारीमा छन् । लकडाउनले गर्दा धान खेतीका लागि आवश्यक तयारी गर्न समस्या हुने हो कि भनेर किसान केही चिन्तित देखिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस