बाँकेबर्दियाका किसानले भित्र्याए गहुँबाली

नेपालगञ्ज,२४ वैशाख /बन्दाबन्दीकै बीचमा बाँके र बर्दियाका किसानले गहुँबाली भित्र्याएका छन् । कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालका अनुसार यस वर्ष बाँकेमा दुई हजार १७६ र बर्दियामा एक हजार ९३६ हेक्टरमा गहुँखेती गरिएको थियो ।
यस वर्ष बाँकेमा ६ हजार ५२८ र बर्दियामा ६ हजार मेट्रिकटन गहुँ उत्पादन भएको प्रारम्भिक आकंलन गरिएको ढकालले जानकारी दिनुभयो । हिउँदमा बढी पानी परेकाले यी दुई जिल्लामा गहुँको उत्पादनमा केही कमी आउने अनुमान गरिएको छ ।
बन्दाबन्दीमा जसोतसो गहुँबाली भित्र्याएका किसान बिक्रीवितरणमा सहजता नहुँदा समस्यामा परेको बर्दिया राजापुरका किसान पहाडी चौधरीले बताउनुभयो । यस वर्ष सरकारले गहुँको समर्थन मूल्य रु तीन हजार १५ तोकेको छ । कतिपय व्यापारीले त्यसभन्दा कम मूल्यमा गहुँ खरीद गरिरहेको किसानको गुनासो छ ।
लकडाउनले गर्दा सबै व्यापारीले गहुँ खरीद गर्न पनि नसकेको जनाइएको छ । केही व्यापारीले मात्रै गहुँ खरीद गर्दा मूल्यमा मनोमानी भएको किसानको गुनासो छ । अहिले गहँु भित्र्याएका किसान धान लगाउने तयारीमा छन् । लकडाउनले गर्दा धान खेतीका लागि आवश्यक तयारी गर्न समस्या हुने हो कि भनेर किसान केही चिन्तित देखिएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस