बंगलादेशमा प्रतिबन्धित समूहका लडाकूहरु गिरफ्तार

ढाका, २४ वैशाख / प्रहरीले बंगलादेशको राजधानी ढाकाबाट प्रतिबन्धित समूहमा आबद्ध १७ जना लडाकूलाई पक्राउ गरेको छ ।
ढाका महानगरीय प्रहरीका उपआयुक्त मसुदुर रहमानले प्रहरीको प्रतिआतंकवाद इकाईले सोमबार राति ढाकाका विभिन्न स्थानमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
यी लडाकूहरु बंगलादेशमा प्रतिबन्धित जमातुल मुजाहिद्दीन बंगलादेशमा आबद्ध रहेको बताइएको छ । यही समूहले सन् २०१६ को जुलाई १ मा ढाकाको गुल्सन क्षेत्रमा रहेको एक स्पेनी क्याफेमा घातक आक्रमण गरेको थियो ।
प्रहरीले उनीहरुको साथबाट १९ थान मोबाइलका साथै करिब २ हजार ६५९ अमेरिकी डलर बरामद गरेको छ ।
ढाका आक्रमण पश्चात बंगलादेश सरकारले जमातुल समूह विरुद्ध देशव्यापी छापा मारेर कारबाही गरेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस