बंगलादेशमा प्रतिबन्धित समूहका लडाकूहरु गिरफ्तार
ढाका, २४ वैशाख / प्रहरीले बंगलादेशको राजधानी ढाकाबाट प्रतिबन्धित समूहमा आबद्ध १७ जना लडाकूलाई पक्राउ गरेको छ ।
ढाका महानगरीय प्रहरीका उपआयुक्त मसुदुर रहमानले प्रहरीको प्रतिआतंकवाद इकाईले सोमबार राति ढाकाका विभिन्न स्थानमा छापा मारेर उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
यी लडाकूहरु बंगलादेशमा प्रतिबन्धित जमातुल मुजाहिद्दीन बंगलादेशमा आबद्ध रहेको बताइएको छ । यही समूहले सन् २०१६ को जुलाई १ मा ढाकाको गुल्सन क्षेत्रमा रहेको एक स्पेनी क्याफेमा घातक आक्रमण गरेको थियो ।
प्रहरीले उनीहरुको साथबाट १९ थान मोबाइलका साथै करिब २ हजार ६५९ अमेरिकी डलर बरामद गरेको छ ।
ढाका आक्रमण पश्चात बंगलादेश सरकारले जमातुल समूह विरुद्ध देशव्यापी छापा मारेर कारबाही गरेको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस