खोलाले बगाउँदा युवकको मृत्यु

हेटौँडा, २४ वैशाख / मकवानपुरमा बाढीले मोटरसाइकल बगाउँदा त्यसमा सवार एक युवकको ज्यान गएको छ । भीमफेदी गाउँपालिका–८ इपादेउरालीका २३ वर्षे सन्तोष भनिने कृष्ण खनालको ज्यान गएको प्रहरीले जनाएको छ ।
स्थानीयका अनुसार मृतक खनाल काठमाडौँको कालिमाटीमा तरकारी व्यवसाय गर्ने गर्थे । लामो समयको लकडाउनका कारण इपादेउरालीमा रहेको घर फर्किएका उनीलाई मोटरसाइकलमा स्थानीय कोगटे खहरेले मोटरसाइकलसहित बगाएको थियो । गए राति काठमाडौँबाट बा४४प ६०५८ नंको मोटरसाइकलमा घर आउँदै गरेका खनाललाई भारी वर्षापछि आएको खहरेले मोटरसाइकलसहित बगाउँदा ज्यान गएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी सुजन पाठकले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस