• जीवनशैली | Jiwanshaili
  • चट्याङले मरे चौपाया


    चौतारा, २४ वैशाख / वर्षा र हावाहुरीसँगै गएराति परेको चट्याङबाट सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा एक हल गोरुसहित पाँचवटा चौपाया मरेका छन् ।

    चट्याङबाट वडा नं ४ पाङ्ताङ निवासी छेवाङ तामाङको एउटा गोरु, दुईवटा गाई र निमादोर्जे तामाङको गाई र गोरुसहित पाँचवटा पशु चौपाया घटनास्थलमा मरेको वडा सदस्य लालबहादुर श्रेष्ठले जानकारी दिनुभयो । वडा सदस्य श्रेष्ठका अनुसार सँगै रहेका तीनवटा गोठमध्ये दुईवटामा चट्याङ परेको थियो ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस