कञ्चनपुरमा विष्फोटक पदार्थ खेलाउने क्रममा बालक घाइते
कञ्चनपुर, २४ वैशाख /खेल्ने क्रममा विष्फोटक पदार्थ पड्किएर कञ्चनपुर, महाकाली नगरपालिका–६ शान्तिटोलका नौ वर्षीय बालक महेन्द्र नेपाली आज घाइते भएका छन् । महाकाली नदी किनाराको पटेराघारीमा भेटिएको वस्तु खेलाउने क्रममा पड्किँदा नेपाली घाइते भएका हुन् ।
घाइते बालकको हत्केलामा चोट लागेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताउनुभयो । बालकको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।
विष्फोट भएको वस्तु पटाका बनाउन प्रयोग हुने लोएक्सप्लोसिभ पदार्थ रहेको उल्लेख गर्दै उपरीक्षक पौडेलले घातक विष्फोटक पदार्थ नभएको बताउनुभयो । “विष्फोटक पदार्थ कहाँबाट आयो भन्नेबारे अनुसन्धान भइरहेको छ”, उहाँले भन्नुभयो । स्थानीय बासिन्दाका अनुसार जङ्गली बँदेल, माछालगायत मार्नका लागि चोर शिकारीले विष्फोटक पदार्थ राखेको हुनसक्ने आशङ्का गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस