अलपत्र नेपाली स्वदेश फर्काउने संयन्त्र बनाउन एनआरएनएको सुझाव

काठमाडौँ, २४ वैशाख / गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मध्यपूर्व समितिले विदेशमा अलपत्र नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउन सुझाएको छ । कोभिड–१९ पछि साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन र ओमनमा देखिएको समस्या र भविष्यमा आउन सक्ने जटिलताका विषयमा केन्द्रित मध्यपूर्व क्षेत्रको बैठकले परराष्ट्र मन्त्रालयको संलग्नतामा तत्काल विशेष समिति तयार पार्न पनि सुझाव दिएको छ ।
क्याम्पबाट निकालिएका कामदारलाई तत्काल ‘सेल्टर’को व्यवस्था गरी खान–बस्ने प्रबन्ध मिलाउनुपर्ने, रोजगार गुमाएका कामदारको तथ्याङ्क सङ्कलन गरी पुनः सोही देशमा रोजगार गरी बस्नेलाई सहजै कम्पनी परिवर्तन गर्न पाउने व्यवस्थाका लागि सम्बन्धित मुलुकलाई आग्रह गर्नुपर्ने सुझाव पनि दिइएको छ ।
बैठकले आफैँ टिकट काट्ने तथा नेपालमा क्वारेन्टाइनको खर्चसमेत व्यहोर्न सक्नेको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई तत्काल स्वदेश फिर्ताको व्यवस्था गर्न, नेपालका होटेल, विद्यालय तथा सार्वजनिक भवनमा क्वारेन्टाइनको व्यवस्था गर्न तथा स्वदेश फर्केका नेपालीलाई कृषि क्षेत्रमा अनुदान, प्याकेज तथा सहुलियत कर्जा उपलब्ध गराई स्वरोजगार बन्ने वातावरण मिलाउन पनि आग्रह गरेको छ ।
समितिले गन्तव्य मुलुकमा अलपत्र शव नेपाल लैजाने प्रक्रिया थाल्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । छलफलमा सहभागी प्रतिनिधिसभा सदस्य एवं अन्तर्राष्ट्रिय श्रम सङ्गठनका सदस्य बिन्दा पाण्डेले मध्यपूर्वमा रहेका नेपाली कामदारले भोग्नु परेको समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको सङ्घले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस