त्रिशूली अस्पतालमा एक जना आइसोलेशनमा
विदुर, २४ वैशाख/विदुर नगरपालिकाका एक व्यक्तिलाई कोरोना भाइरससँग लक्षण देखिएकाले जिल्ला त्रिशूली अस्पतालको आइसोलेशन वार्डमा राखिएको छ । उनी एक महिनाअघि भारतको दार्जिलिङबाट विदुर फर्किएका थिए । अपराह्न ज्वरो आएर त्रिशूली अस्पताल पुगेका उनमा कोरोना संक्रमणको लक्षण बढी मिल्दोजुल्दो फेला परेपछि अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार थालिएको स्वास्थ्य कार्यालय नुवाकोटका प्रमुख सागरप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
आज उनको स्वाब संकलन गरेर थप परीक्षणका लागि काठमाडौंँ पठाइएको छ । आज कोरोना भाइरसको आशंकामा आइसोलेशनमा राखिएको उनकोे स्वाब परीक्षणको प्रतिवेदन शुक्रबारसम्म आउने जनाइएको छ । यसअघि पनि नुवाकोटका दुई जनालाई त्रिशूली अस्पतालको आइसोलेशन वार्डमा राखेर उपचार गरिएको थियो । उनीहरुको स्वाब परीक्षणबाट भाइरसको संक्रमण नदेखिएपछि घर पठाइएको थियो । त्यस्तै नुवाकोटकै एक जनालाई काठमाडौंँमा आइसोलेशनमा राखिएकामा उनी पनि कोरोना भाइरसको संक्रमण फेला नपरेपछि घर फर्किसकेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- २ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ३ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ४ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ५ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ६ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- ७ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ८ तिहारका पाँच दिन यमपञ्चक






प्रतिक्रिया दिनुहोस