हेटौँडा अस्पतालमा ‘सिस्टर रोबोट’ बाट सेवा प्रदान गरिने
हेटौँडा, २४ वैशाख/हेटौँडा अस्पताल देशमा नै रोबोटमार्फत सेवा दिने पहिलो सरकारी अस्पतालका रुपमा नाम दर्ता गराउन लागेको छ । हेटाँैडाको कर्रामा रहेको अस्पतालको आइसोलेसन वार्डमा ‘सिस्टर रोबोट’ राखिने भएको छ । इञ्जिनीयर एशोसिएशन वाग्मती प्रदेश समितिमार्फत हेटौँडा अस्पताललाई प्राप्त ‘सिस्टर रोबोट’ हस्तान्तरण गरिएको छ सो रोबोट कोरोना भाइरसको जोखिम कम गर्न उपयोगी हुने जनाइएको छ । स्वास्थ्यकर्मीले बिरामीसम्म प्रत्यक्ष पुगेर जाँच गर्ने, औषधिलगायतका काम गर्नुभन्दा ‘सिस्टर रोबोट’को माध्यमबाट काम गर्दा जोखिम कम हुने भएकाले हस्तान्तरण गरिएको एशोसिएशनले जनाएको छ ।
‘सिस्टर रोबोट’ हस्तान्तरण कार्यक्रममा वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना भाइरस तथा अन्य सङ्क्रमण हुने प्रकृतिका रोगको उपचारमा प्रविधिको उच्चतम प्रयोग गरेर जोखिम कम गर्नेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । मुख्यमन्त्री पौडेलले अहिलेको युग भनेको प्रविधिको युग भएकाले यसैअनुसार काम गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले आफू पनि बाँच्दै अरुलाई बचाउने विधि अपनाउनु पर्ने बताउनुभयो । उहाँले प्रदेश सरकारले हेटौँडा अस्पतालसहित प्रदेश सरकार मातहतका अन्य अस्पताललाई पनि स्तरीय बनाइने बताउनुभयो ।
इञ्जिनीयरका अनुसार रोबोटले बिरामीलाई, औषधि दिने, जाँच गर्ने तथा खाना पानीसमेत दिन सक्छ । जोखिमपूर्ण रोगका लागि ‘सिस्टर रोबोट’ उपयोगी हुने देखिएको अस्पतालका प्रमुख डा प्रवीण श्रेष्ठ बताउनुहुन्छ । उहाँले स्वास्थ्यकर्मी छुट्टै कोठामा बसेर कम्प्युटरका माध्यमले ‘सिस्टर रोबोट’ बिरामीकहाँ पु¥याउने, बिरामीले आफ्ना कुरा भिडियोमार्फत राख्ने र त्यहीअनुसार उपचार गरिने जानकारी दिनुभयो । ‘सिस्टर रोबोट’ ले ३० केजीसम्मको वजनका सामग्री बोक्न सक्ने जनाइएको छ । रिमोटका माध्यमले बिरामीसम्म लान तथा ल्याउन सकिने रोबोट कोरोना सङ्क्रमितकोे उपचारका लागि निक्कै नै उपयोगी हुने नेपाल इञ्जिनीयर एशोसिएशन वाग्मती प्रदेशका अध्यक्ष नन्दलाल बन्जाडेले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस