छतबाट खसेर मजदूरको मृत्यु

चन्द्रौटा, २५ वैशाख / कपिलवस्तुको शिवराज नगरपालिका –५ चन्द्रौटामा कार्यरत एक मजदूरको छतबाट खसेर मृत्यु भएको छ । मृत्यु हुनेमा शिवराज – ५ उमडिहवाका ३५ वर्षीय चिन्नु नाऊ छन् ।
यही वैशाख १९ गते निर्माणाधीन घरमा पानी राख्ने ड्रम भुइँबाट छतमाथि लैजाने क्रममा चिप्लिएर घाइते हुनुभएका नाउँको चितवनमा उपचारका क्रममा आज मृत्यु भएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ आज राष्ट्रिय टोपी दिवस मनाइँदै
- २ इस्वी संवतको नयाँ वर्ष सन् २०२५ शुरु
- ३ तिहारका पाँच दिन यमपञ्चक
- ४ धन्वन्तरी जयन्ती एवं आरोग्यता दिवस मनाइँदै
- ५ वडा दशैँ अन्तरगत टिका थाप्ने कम्र आज पनि जारी
- ६ दशैँ चहलपहल शुरु :शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदै
- ७ आज घटस्थापना, घरघरमा जमरा राखिँदै
- ८ हरितालिका तिज मनाइँदै
प्रतिक्रिया दिनुहोस