लाइसेन्स नभएका व्यक्तिले मापसे गरेर एम्बुलेन्स चलाएपछि…
काठमाडौँ, २५ वैशाख / काठमाडौँमा एक व्यक्ति सवारी अनुमतिपत्र (लाइसेन्स) नै नबनाई मापसे गरेर एम्बुलेन्स चलाएको भेटिएको छ । काठमाडौँको गौशालामा एक निजी कारलाई ठक्कर दिएपछि भएको अनुसन्धानका क्रममा उनले अहिलेसम्म चालक अनुमतिपत्र नबनाएको र मापसे गरेर एम्बुलेन्स चलाएको फेला परेको प्रहरीले जनाएको छ । कारलाई ठक्कर दिए पनि ठूलो दुर्घटना हुनबाट भने जोगिएको छ । मित्रपार्कबाट त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलतर्फ जाँदै गरेको बा१०च ८५१३ नम्बरको निजी कारलाई विपरित दिशाबाट आएको बा८छ ६९२८ नम्बरको एम्बुलेन्सले आज अपराह्न ठक्कर दिएको थियो । दुर्घटनामा कार चालक सविन श्रेष्ठ घाइते भएका र दुवै सवारी साधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
मोरङको पथरी बस्ने एम्बुलेन्स चालक वर्ष ३६ का रामबहादुर चौधरीलाई पक्राउ गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । आवश्यक कारवाहीका लागि उनलाई महानगरीय ट्राफिक प्रहरी वृत्त, गौशालामा राखिएको छ ।
यता काठमाडौँको गोकर्णेश्वर नगरपालिका–६ बस्ने सिन्धुपाल्चोकका राजु गिरीको कोठाबाट नगद तथा सुनका गरगहनासहित रु एक लाख ४३ हजार बराबरको धनमाल चोरी भएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस