किसानलाई अनुदानमा धानको बीउ
कञ्चनपुर, २६ वैशाख /कैलाली–कञ्चनपुरका किसानलाई ५० प्रतिशत अनुदानमा ५०० मेट्रिकटन धानको बीउ वितरण शुरु गरिएको छ । धानको बीउ राख्ने समय नजिकिँदै गर्दा किसानलाई सहजता प्रदान गर्न कृषि ज्ञान केन्द्र कञ्चनपुरले धानको बीउ वितरणको व्यवस्था मिलाएको हो ।
दुवै जिल्लाका २० स्थानीय तहका सहकारी र समूहलाई धानको बीउ खरिद र वितरणका लागि कार्यादेश दिइ धानको बीउ वितरणको व्यवस्था मिलाइएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताउनुभयो । “सहकारी समूहलाई बिलका आधारमा धान बीउ खरिद र ढुवानी गरेवापतको रकम भुक्तानी गरिने छ”, उहाँले भन्नुभयो, “सहकारी समूहले बीउ खरिद र वितरणको काम गरिरहेका छन् ।”
बन्दाबन्दीका बेला किसानको घरदैलोमै सेवा पु¥याउनका लागि सहकारी र समूहमार्फत बीउ खरिददेखि वितरणको काम भइरहेको उहाँको भनाइ छ । किसानलाई सर्जु ५२, राधा–४, सावाँ मन्सुली, सावित्री, राधा–१४, बहुगुणीलगायत जातका धानका बीउ छनोट गरी वितरण गरिएको छ । माटो सुहाउँदो र बढी फल्ने धानका जातको बीउ वितरणका लागि सिफारिस गरी पठाइएको छ ।
प्रतिपालिका ९स्थानीय तह० लाई २५० क्विन्टलका दरले समान आधारमा धानको बीउ वितरण गर्नका लागि बजेट परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयबाट मागमा आधारित कार्यक्रमअन्तर्गत बीउ खरिदका लागि रु एक करोड बजेट प्राप्त भएको छ । वितरण गरिएको बीउबाट १० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने कार्यालय प्रमुख भट्टले बताउनुभयो । जसबाट १० हजार बढी किसान लाभान्वित हुने भएका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस