• जीवनशैली | Jiwanshaili
  • कारसँग मोटरसाइकल ठोक्किँदा २३ वर्षीय चालकको मृत्यु


    काठमाडौं,२६/ वैशाखर काठमाडौंको रवीभवनमा आज विहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । वपरित दिशाबाट आएको कारसँग ठोक्किँदा मोरङ बेलबारीका २३ वर्षीय मोटरसाइकल चालक टीकाराज गेलालको मृत्यु भएको हो ।

    बा ७२ प ८१७२ नम्बरको मोटरसाइकलको चालकले सन्तुलन गुमाउँदा विपरीत लेनमा गई बा २१ च ४३४७ नम्बरको कारसँग ठोक्किन पुगेको प्रहरीले जनाएको छ ।

    दुर्घटनामा घाइते मोटरसाइकल चालकलाई उपचारका लागि कलंकीस्थित नेशनल अस्पताल पुर्‍याए पनि उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    कारको चालक स्युचाटार बस्ने कर्नेल शेखर जबरा प्रहरीको नियन्त्रणमा छन् ।


    क्याटेगोरी : समाचार

    प्रतिक्रिया दिनुहोस