ट्रयाकमा नै सुत्न पुगेका १६ मजदूरको रेलले कुल्चेर मृत्यु
२६ वैशाख । भातरको महाराष्ट्रको औरंगावादमा रेलले कुल्चेर १६ जना प्रवासी मजदूरको ज्यान गएको छ । यो घटना औरंगावाद नजिकै रहेको करमाड स्टेशनमा भएको हो । काम गर्न नपाएपछि उनीहरू पैदलै मध्य प्रदेश घर फर्किरहेका थिए ।
रेल मन्त्रालयका अनुसार शुक्रबार बिहान केही मजदूरहरु रेलवे ट्र्याकमा सुतिरहेको बेला यो घटना भएको थियो । रेलवे ट्रयाकमा सुतिरहेका मजदूरमाथि रेल चढेको थियो । रेलका चालकले उनीहरुलाई देखेर रेल रोक्ने प्रयास गरे पनि जोगाउन सकेनन् । घटनाको जाँचका लागि आदेश दिइएको छ ।
प्रहरीका अनुसार मजदूरहरु जालनाबाट भुसावल गइरहेका थिए । त्यहाँबाट उनीहरुले रेल चढ्नुपर्ने थियो । मजदूरहरु रेलवे ट्र्याकको छेउ हुँदै हिँडिरहेका थिए । थाकेपछि उनीहरु ट्रयाकमा नै सुत्न पुगेका थिए ।
शुक्रबार बिहान सवा ५ बजे उनीहरुलाई रेलले कुल्चेको थियो । रिपोर्टका अनुसार उनीहरु एक स्टिल फ्याक्ट्रीमा काम गर्थे । लकडाउनका कारण भारतमा रेल यातायात बन्द रहे पनि मालवाहक रेल सञ्चालन भइरहेको छ । ती मजदूरले आफू हिँडेको बाटोमा रेल सञ्चालन नहुने ठानेरै लिकलाई सिरानी बनाएर ढुक्कले सुतेको हुन सक्ने स्थानीयबासीको भनाइ छ ।
प्रधानन्त्रीले घटनाप्रति दुःख जताएका छन् । यसबारे उनले रेलमन्त्री पीयूष गोयलसँग कुराकानी गरेका छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस