जङ्गली च्याउ खाएर सङ्खुवासभामा एकको मुत्यु

खाँदबारी, २६ वैशाख / सङ्खुवासभाको सभापोखरी गाउँपालिका–२ मा जङ्गली च्याउ खाएर एकको मृत्यु भएको छ । जङ्गलबाट टिपेर ल्याएको च्याउ खाँदा सभापोखरी–२ गोठगाउँकी २४ वर्षीया मनिला राईको उपचारका क्रममा गएराती विराटनगरको नोबेल अस्पतालमा मुत्यु भएको सभापोखरी गाउँपालिका अध्यक्ष रत्न सुब्बाले जानकारी दिनुभयो ।
बिरामी परेकी राईलाई यही २१ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो । सो अस्पतालले उहाँलाई यही २३ गते नोबेल रिफर गरेको थियो । गत शनिबार मनिलाका श्रीमान् सन्देश राईले टिपेर ल्याएको च्याउ खाँदा सूर्यबहादुर लिम्बू, मनिलाकी छोरी तीन वर्षीया सुपी राई, छिमेकी २५ वर्षीय दिनेश राई, उनकी श्रीमती २४ वर्षीया अनिता र तीन वर्षीया छोरी आकाङ्क्षा बिरामी भएका प्रहरीले जनाएको छ । बिरामी परेकामध्ये पाँचजना उपचारपश्चात् घर फर्किएको जिल्ला अस्पतालका प्रवक्ता सुजता पौडेलले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस