थप ६३ सांसदको थ्रोट स्वाब सङ्कलन
काठमाडौँ, २६ वैशाख/सङ्घीय संसद्को छैटौँ अधिवेशन आजदेखि शुरु हुने भएपछि बिहीबार र शुक्रबार गरी कूल २७५ सांसदको ‘थ्रोट स्वाब’ को नमूना सङ्कलन गरिएको छ । सांसद तथा कर्मचारीमा कोभिड–१९ भए÷नभएको निक्र्योल गर्न बिहीबार प्रतिनिधिसभाका १७९ राष्ट्रियसभाका ३३ गरी २१२ सांसद र २२९ सङ्घीय संसद् सचिवालयका कर्मचारी तथा मर्यादापालकको स्वाब सङ्कलन गरिएको थियो ।
आज नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा प्रतिनिधिसभाका ५३ र राष्ट्रियसभाका १० गरी थप ६३ सांसदको स्वाबको नमूना सङ्कलन गरिएको सभामुख अग्निप्रसाद सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो । सङ्घीय संसद्को छैटौँ अधिवेशन आज अपराह्न ४ बजे बस्दैछ । कोभिड–१९को परीक्षणका लागि ५४ सांसदको स्वाबको नमूना लिन अझै बाँकी रहेको छ । प्रतिनिधिसभामा २७५ र राष्ट्रियसभामा ५८ सांसद छन् ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस