कुखुरा व्यवसायीलाई अनुदान
गुल्मी, २६ वैशाख /बन्दाबन्दीका कारण किसानले उत्पादन गरेका कुखुरा बिक्रीवितरणमा समस्या भएपछि अनुदान उपलब्ध गराइएको छ । छत्रकोट गाउँपालिकाले २७ कुखुरा फार्म सञ्चालक किसानका लागि रु तीन लाख ५४ हजार अनुदानस्वरुप उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत भेषराज पन्थले जानकारी दिनुभयो । लकडाउनका कारण बजारमा कुखुरा बिक्रीवितरणमा समस्या परेको गुनासो आएपछि पालिकाले किसानलाई अनुदान उपलब्ध गराएको हो ।
गाउँपालिकाले फार्मका सात हजार ८० ब्रोइलर कुखुरालाई प्रतिकुखुरा रु ५० का दरले अनुदान उपलब्ध गराएको प्रमुख प्रशासकीय अधिकृत पन्थले बताउनुभयो । पालिकाले अनुदान उपलब्ध गराउन गाउँपालिका उपाध्यक्ष नर्मदा भण्डारीको संयोजकत्वमा प्रमुख प्रशासकीय अधिकृत र पशु सेवा शाखा प्रमुख सदस्य रहेको अनुगमन समिति गठन गरेको थियो । अनुगमन समितिले प्रत्यक्ष रुपमा पालिकाका सबै कुखुरा फार्मको अनुगमन तथा निरीक्षण गरी व्यवसायीलाई अनुदान उपलब्ध गराएको हो । गाउँपालिकाको अनुदान दिने निर्णयले व्यवसायी खुशी भएको छत्रकोट –२ पल्लीकोटका कुखुरा फर्म सञ्चालक डिल्लीराज खनालले बताउनुभयो । बजारमा ब्रोइलर कुखराको मूल्य प्रतिकिलो रु १४० देखि १८० सम्म रहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस