कोरोनाविरुद्ध म्यादी प्रहरी परिचालन

चन्द्रौटा,२६वैशाख/ कपिलवस्तुको विजयनगर गाउँपालिकामा कोरोना भाइरस नियन्त्रणका लागि म्यादी प्रहरी परिचालन गरिएको छ । पचास युवालाई म्यादी प्रहरीमा नियुक्त गरी परिचालन गरिएको पालिकाले जनाएको छ । सीमाको सुरक्षा तथा गाउँगाउँमा जनचेतना फैलाउन उनीहरुलाई परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष गोपाल थापाले बताउनुभयो । पालिकामा बन्दाबन्दीको पालना गराउन र सामाजिक दूरी कायम गर्न म्यादी प्रहरीले सहयोग गर्नेछन् ।
क्वारेन्टाइन सुरक्षाका लागि १२, सीमामा पैदल यात्रुको निगरानी गर्न २१, ठेक्का दिइएका नदी तथा खोलाको निगरानीका लागि आठ र गाउँटोलमा नौ जना म्यादी प्रहरी परिचालन गरिएको गाउँपालिकाका अध्यक्ष थापाले बताउनुभयो । नेपाल प्रहरी र सशस्त्र प्रहरीसँग समन्वय गरी म्यादी प्रहरी परिचालन गरिएको उहाँको भनाइ छ । स्थानीय नागरिकलाई म्यादीमा भर्ना गरिएकाले समुदायको तल्लो तहसम्म पुगेर काम गर्न सहज हुने अध्यक्ष थापाको विश्वास छ ।
सुरक्षाका लागि जनशक्ति अभाव भएका बेला गाउँपालिकाले म्यादी प्रहरी परिचालन गरेकाले शान्तिसुरक्षा कायम गर्न सहज हुने इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले बताउनुभयो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस