खरबुजाखेती गर्ने किसानलाई मर्का

जलेश्वर, २६ वैशाख /कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका कारण खरबुजाखेती गर्ने किसान मर्कामा परेका छन् । महोत्तरी जिल्लाका उत्तरी क्षेत्रमा व्यावसायिक खरबुजाखेती गरेका किसान उत्पादित खरबुजा बजारसम्म पु¥याउन नसक्दा उनीहरु मर्कामा परेका हुन् ।
बन्दाबन्दीका कारण जिल्लाको भङ्गहा, गौशाला, बलवा, लोहारपट्टी र बर्दिवास नगरपालिका क्षेत्रका दुई दर्जन गाउँका किसानले लगाएको सयौँ बिघामा उत्पादित खरबुजा बजारसम्म पु¥याउन नसक्दा बारीमै कुहिने अवस्था आएको किसानले दुखेसो पोखेका छन । खरबुजा पाकेर बेच्ने समयमा एक्कासी यातायात र बजार बन्द हुँदा खरबुजा खेतमै सड्ने अवस्थामा पुगेको गौशालाका कृषक हजारी साहले बताउनुभयो ।
खरबुजाखेती गर्न बैंकबाट ऋण लिएकाले बिक्री समयमा नै बजार बन्द हुँदा खरबुजा खेतबारीमै कुहिने अवस्था आएको बलवाका कृषक कारी यादवको भनाइ छ ।
लोहारपट्टीका कृषक रामकृष्ण यादवले लकडाउन अझै थपिए आफूहरुले उत्पादन गरेकोे खरबुजा खेतमै कुहिने तथा यसले आफूहरुको परिश्रम र लगानी दुबै डुब्ने बताउनुभयो । जिल्लाको विभिन्न स्थानमा खरबुजाखेती गरेका दर्जनौँ किसान लकडाउनको अवस्था लम्बिँदै जाँदा आफ्नो उत्पादनलाई लिएर चिन्तित हुँदै गएका छन् । उनीहरुले आफ्ना उत्पादन बजारसम्म लैजाने वातावरण बनाइदिन सरकारसँग माग गरेका छन् ।
गर्मी महिनामा खान उपयुक्त हुने, पानीको मात्रा बढी भएको र स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक हुने खरबुजा पाकेपछि जिल्ला बाहिरबाट आएका व्यापारीले यहाँको खेतबारीबाट खरबुजा खरिद गरी लैजाने गरेका थिए । लकडाउनका कारण कुनै पनि व्यापारी आउन नसकेको तथा आफ्ना उत्पादन बजारसम्म पनि लैजान नपाउँदा किसानहरु निराश भएका छन् । यहाँ उत्पादित खरबुजा स्थानीय बजारसहित जनकपुर, चितवन, हेटाँैडा, इटहरी, नारायणगढ, गोलबजार, काठमाडौँसम्म पैठारी हुँदै आएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस