आठ सय बालबालिकालाई नियमित खोप

गुलरिया, २६वैशाख / बर्दियाका आठ सय बालबालिकालाई नियमित खोप लगाइएको छ । कोरोना भाइरसको संक्रमणका कारण गत चैतमा दिइनुपर्ने खोपसेवा प्रभावित भएको थियो । एक वर्षका अवधिमा यहाँका जन्मेदेखि २३ महिना उमेरसम्मका करीब १० हजार बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिने स्वास्थ्य कार्यालयका सूचना अधिकृत कृष्णगोपाल चौधरीले बताउनुभयो ।
स्वास्थ्य सतर्कता अपनाएर स्वास्थ्य कार्यालयले सबै स्थानीय तहमा यही वैशाख १९ गतेदेखि खोप लगाउने तथा पोलियो थोपा खुवाउने काम शुरु गरेको थियो । स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्रीक प्रयोग गरी बालबालिकालाई खोप प्रदान गर्ने व्यवस्था सबै खोप केन्द्रमा गरिएको थियो । अन्य सहयोगीलाई मास्क, पञ्जा, स्यानिटाइजरसहित सुरक्षा सर्तकता अपनाएर परिचालन गरिएको गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताउनुभयो ।
खोप कार्यक्रम आजै सकिने कार्यतालिका छ । राजापुर नगरपालिका र गेरुवा गाउँपलिकामा भने चैत महिनामा खोप कार्यक्रम सञ्चालन भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस