आठ सय बालबालिकालाई नियमित खोप
गुलरिया, २६वैशाख / बर्दियाका आठ सय बालबालिकालाई नियमित खोप लगाइएको छ । कोरोना भाइरसको संक्रमणका कारण गत चैतमा दिइनुपर्ने खोपसेवा प्रभावित भएको थियो । एक वर्षका अवधिमा यहाँका जन्मेदेखि २३ महिना उमेरसम्मका करीब १० हजार बालबालिकालाई नियमित खोप सेवा प्रदान गरिने स्वास्थ्य कार्यालयका सूचना अधिकृत कृष्णगोपाल चौधरीले बताउनुभयो ।
स्वास्थ्य सतर्कता अपनाएर स्वास्थ्य कार्यालयले सबै स्थानीय तहमा यही वैशाख १९ गतेदेखि खोप लगाउने तथा पोलियो थोपा खुवाउने काम शुरु गरेको थियो । स्वास्थ्यकर्मीले व्यक्तिगत सुरक्षा सामग्रीक प्रयोग गरी बालबालिकालाई खोप प्रदान गर्ने व्यवस्था सबै खोप केन्द्रमा गरिएको थियो । अन्य सहयोगीलाई मास्क, पञ्जा, स्यानिटाइजरसहित सुरक्षा सर्तकता अपनाएर परिचालन गरिएको गुलरिया नगरपालिका स्वास्थ्य शाखा प्रमुख सुनिल पाण्डेले बताउनुभयो ।
खोप कार्यक्रम आजै सकिने कार्यतालिका छ । राजापुर नगरपालिका र गेरुवा गाउँपलिकामा भने चैत महिनामा खोप कार्यक्रम सञ्चालन भएको थियो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस