इरानमा भूकम्प, १ जनाको मृत्यु

तेहरान, २६ वैशाख/ इरानको उत्तरी क्षेत्रमा बिहीबार आएको ५.१ म्याग्नीच्यूडको भूकम्पका कारण एक जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन् । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहानपुरले भूकम्पबाट इरानको राजधानी तेहरानको पूर्वी क्षेत्रमा भागदौडका क्रममा एक जनाको ज्यान गएको बताउनुभयो ।
अमेरिकी भूगर्भ मापन केन्द्रका अनुसार राजधानी तेहरानको उत्तरतर्फको डामावन्दलाई केन्द्रविन्दु बनाएर आएको भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा रहेको थियो । जनधनको क्षतिको विवरण संकलनका लागि स्थानीय प्रशासन र सुरक्षा निकायलाई परिचालन गरिएको इरानी गृह मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ मुलाका फाइदाः मुटु रोगदेखि पाचन प्रणालीको समस्यासम्म मुक्ति
- २ स्वस्थ बच्चालाई जन्म दिन गर्भावस्थामा आमाले के खाने ? के नखाने ?
- ३ शिशुलाई खुवाउनुहोस् दालको झोल, भरपुर आइरनसँगै मिल्नेछ पूर्ण पोषण
- ४ मह र लसुनबाट हुने फाइदाहरु
- ५ तपाई मुख स्वास्थ्यबारे कत्तिको सजक हुनुहुन्छ, ख्याल गर्नुस् है
- ६ के महिलाहरूले डिम्बग्रन्थिको क्यान्सरपछि गर्भधारण गर्न सक्छन् ?
- ७ बच्चाहरूको उचाई बढाउन डाइटमा समावेश गर्नुहोस् यी खानेकुरा
- ८ दाँत पलाउँदा बच्चाहरुलाई पखाला किन लाग्छ ?
प्रतिक्रिया दिनुहोस