इरानमा भूकम्प, १ जनाको मृत्यु
तेहरान, २६ वैशाख/ इरानको उत्तरी क्षेत्रमा बिहीबार आएको ५.१ म्याग्नीच्यूडको भूकम्पका कारण एक जनाको मृत्यु हुनुका साथै अरु धेरै व्यक्ति घाइते भएका छन् । इरानी स्वास्थ्य मन्त्रालयका प्रवक्ता कियानुश जहानपुरले भूकम्पबाट इरानको राजधानी तेहरानको पूर्वी क्षेत्रमा भागदौडका क्रममा एक जनाको ज्यान गएको बताउनुभयो ।
अमेरिकी भूगर्भ मापन केन्द्रका अनुसार राजधानी तेहरानको उत्तरतर्फको डामावन्दलाई केन्द्रविन्दु बनाएर आएको भूकम्प जमिनको सतहबाट १० किलोमिटर गहिराईमा रहेको थियो । जनधनको क्षतिको विवरण संकलनका लागि स्थानीय प्रशासन र सुरक्षा निकायलाई परिचालन गरिएको इरानी गृह मन्त्रालयले जनाएको छ ।
क्याटेगोरी : प्रवास
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस