उदयपुरको थप आठ सङ्क्रमित डिस्चार्ज
गाईघाट, २६ वैशाख उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केका २८ जना कोरोना सङ्क्रमित बिरामीमध्ये उपचारपछि आज थप आठ जना कोशी अस्पताल विराटनगरबाट डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेमा एकजना भारतीय नागरिकसहित सात जना भुल्केका स्थानीय नागरिक रहेका स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताउनुभयो । उनीहरुलाई यही वैशाख ८ गतेको स्वाब नमूना परीक्षणपछि कोरोना सङ्क्रमण भएको पुष्टि भएपछि उपचारका लागि कोशी अस्पताल विराटनगर लगेर उपचारमा राखिएको स्वास्थ्य कार्यलयका प्रमुख सुवेदीले बताउनुभयो । उपचारपछि उनीहरुमा पटक–पटक गरिएको स्वाब परीक्षणमा नेगेटिभ रिपोर्ट आएका कारण आज अस्पतालले उनिहरुलाई डिस्चार्ज गरेको कोशी अस्पताल विराटनगरलाई उदृढ गर्दै स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख सुवेदीले बताउनुभएयो ।
अस्पतालबाट डिस्चार्ज भएपछि उनीहरुलाई केही दिनका लागि विराटनगरस्थित रानी मस्जिदको क्वारेन्टाइनमा राखिन लगिएको पनि स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ । तीन दिनअघि पनि भुल्केमा सङ्क्रमित बनेका छ जना भारतीय नागरिकलाई कोशी अस्पतालले कोरोना सङ्क्रमण भएर उपचार गराई उपचारपछि रिपोर्ट नेगेटिभ आएका कारण अस्पतालबाट डिस्चार्ज गरेको थियो । अब भुल्केका २८ कोरोना सङ्क्रमितमध्य १४ जना उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेकाले बाँकी १४ को भने उपचार भइरहेको बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस