बर्दियामा १८ हजारलाई राहत
राजापुर, २७ वैशाख /बन्दाबन्दीका कारण अभाव भोगेका विपन्न र गरीब समुदायका १८ हजार परिवारलाई बर्दियामा पहिलो चरणको राहत वितरण भएको छ । कोरोना भाइरस संङ्क्रमण नियन्त्रण तथा रोकथाम गर्न भएको बन्दाबन्दीका कारण दिनहँु छाक टार्न समस्यामा परेका गरीब र श्रमिकवर्गका परिवारलाई पहिलो चरणको राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
पहिलो चरणमा अहिलेसम्म १७ हजार ९३४ परिवारलाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यलय बर्दियाका सूचना अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिनुभयो । आठ पालिका रहेको बर्दियामा ६ नगरपालिका र २ गाउँपालिका छन् । पालिकाका टोल विकास संस्थामार्फत नामावली सङ्कलन गरिएको तर केही फर्जी र हुनेखाने परिवारले समेत राहत लिएकाले त्यस्तालाई कारवाहीको माग भएको बताइएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस