खरको छानामुक्त अभियान शुरु
तानसेन, २७ वैशाख /विपन्न र अर्थाभाव भएका परिवारलाई पाल्पामा खरको छाना मुक्त बनाउने अभियान शुरु भएको छ । खरको छाना हटाएर जस्तापाताले घर बनाउने कार्यक्रमअन्तर्गत सो अभियान शुरु भएको हो । हावाहुरी चलेका बेला छानो उडाउने, वर्षामा पानी चुहिने, सजिलै गल्ने र आगोबाट सजिलै जल्न सक्ने र टिकाउ नहुने हुँदा छानो फेरिराख्न झन्झट भएकाले जस्तापाताको छानो सुरक्षित हुने तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो ।
तीन वडालाई गत वर्ष नै खरको छानोमुक्त बनाइसकेको रिब्दीकोट गाउँपालिकाले यस वर्ष २६० घरपरिवारलाई प्रतिघर तीन बण्डलका दरले जस्तापाता वितरण गरेको छ । बाँकीलाई पनि गाउँपालिकामा खरको छानोमुक्त घोषणा गर्ने अभियान चलाइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका ७५ घरपरिवारलाई प्रतिघर तीन बण्डल जस्तापाताका दरले वितरण गरिएको छ । गाउँपालिकामा गत वर्ष रु १० लाखको वितरण भएको र यस वर्ष रु ३० लाखको जस्तापाता वितरण गरिने गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले बताउनुभयो ।
रम्भा गाउँपालिकामा गाउँपालिकामा रहेका २०२ मध्ये १८ घर भूकम्पबाट प्रभावित भएको र जनता आवास कार्यक्रम अन्तर्गत निर्माण हुँदै गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । रम्भाका पीपलडाँडा, फोक्सिङ्कोट र हुँगी क्षेत्रमा खरको छाना भएका घर छन् । अहिलेसम्म एकघरलाई २१ पाताको दरले चार हजार २४० जस्तापाता वितरण गरिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस